काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बिहान ११:३० बजे बसेको बैठक प्रमुख प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भयो। गृहमन्त्री रमेश लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा संलग्न भएको भन्ने समाचार सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले तीव्र आपत्ति जनाएका हुन्।

बैठकको सुरुवातमै नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रतिपक्षको तर्फबाट धारणा राख्दै संसद सञ्चालन हुन नदिने चेतावनी दिए। उनले गृहमन्त्री लेखकले जिम्मेवारी वहन गर्न नसकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग दोहोर्‍याए।

advertisement

“अनुसन्धानको मार्ग खुला गर्न गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ,” पुनले भने।

संसद बैठक सुरु हुनुअघि नै प्रमुख प्रतिपक्षी दलहरूबीच छुट्टै बैठक बसेको थियो। सो बैठकपछि उनीहरूले संसदमा सरकारविरुद्ध आक्रोशपूर्ण धारणा राखेका हुन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com