बाजुरा । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मंगलबार बिहान साढे ९ बजे तिर मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि गइरहेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।

advertisement

गाडीमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार मृतकहरू नेपाल टेलिकमका कर्मचारी हुन्, तर उनीहरूको परिचय खुल्न बाँकी छ।

घाइते दुई जनाको भने परिचय खुलेको छ। घाइतेमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि कोल्टी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com