काठमाडौँ ।  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। मङ्गलबार बिहान ११ बजे बसेको बैठकमा भिजिट भिसासम्बन्धी विवादले तातेपछि विपक्षी दलहरूले तीव्र विरोध जनाएपछि बैठक अघि बढ्न सकेन।

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाउँदै नाराबाजीमा उत्रिए। उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गरे।

advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले वक्तव्य दिँदै, भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म संसद चल्न नदिने स्पष्ट पारे।

विवाद बढ्दै गएपछि बैठक दिउँसो साढे २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर स्थिति यथावत् रहँदा बैठक फेरि बुधबार बिहान ११ बजेका लागि सारिएको हो।

विपक्षी दलहरूले सरकारलाई घटनाको गम्भीरता बुझ्न आग्रह गर्दै आवश्यक कदम चाल्न दबाब दिएका छन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com