काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अख्तियारले कर्मचारीमाथि गरेको अनुसन्धानको सन्दर्भ जोडेर गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद बैठक स्थगित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अनुसन्धानको प्रकृयामा रहेका कर्मचारीको विषयलाई लिएर मन्त्रीलाई प्रत्यक्ष दोषारोपण गर्नु उचित नभएको बताए। उनले विभिन्न निकायका कर्मचारीहरूमाथि अनुसन्धान तथा कारबाही भइरहेकै अवस्थामा गृहमन्त्रीमाथि प्रश्न उठाउनु अनुचित भएको स्पष्ट पारे।

advertisement

“विपक्षी दलका केही सांसदहरूले राजनीतिक विषयलाई प्रतिशोधको माध्यम बनाउने गरी अभिव्यक्ति दिइरहेका छन्,” बर्तौलाले भने, “राज्यका संवैधानिक अंगहरू स्वतन्त्र रूपमा काम गर्न थालेका छन्, र अख्तियारले पनि आफ्नै अधिकार अनुसार अनुसन्धान अगाडि बढाइरहेको छ।”

उनले भिजिट भिसासम्बन्धी अनियमिततामा संलग्न देखिएका कर्मचारीहरूमाथि कारबाही आवश्यक रहेको एमालेको धारणा स्पष्ट पारे। तर, कुनै पनि विषयमा हतारमा निष्कर्ष निकालेर दोष देखाउने प्रवृत्ति उचित नहुने भन्दै बर्तौलाले निष्पक्ष अनुसन्धान आवश्यक रहेको औंल्याए।

बर्तौलाका अनुसार, अहिलेको सरकार गठन भएपनि कानूनी शासन कार्यान्वयनमा आएको छ र सुशासन प्रवर्द्धन भइरहेको छ। उनले कानूनभन्दा माथि कोही पनि नरहेको भन्दै जुनसुकै प्रकरणमा दोषी देखिए पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com