गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनप्रति आफूजत्तिकै चिन्ता अरूलाई नभएको बताएका छन्।

गोरखाको भीमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार संघीयता कार्यान्वयनमा गम्भीर नभएको टिप्पणी गरे।

advertisement

उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै, प्रधानमन्त्री हुँदा आफूले त्यसका लागि पहल गरेको दाबी गरे। संविधानले परिकल्पना गरेको संघीय संरचना कार्यान्वयनका लागि आवश्यक कानुनहरू समयमै नबन्दा प्रदेश सरकारहरू समस्यामा परिरहेको उनले बताए।

‘संविधान अनुसार आवश्यक कानुनहरू नबनाइँदा प्रदेश सरकारहरू सफल हुन सक्दैनन्,’ प्रचण्डले भने, ‘त्यसैले ऐन निर्माणलाई सरकारको प्राथमिकतामा राख्न आवश्यक छ।’

उनले संघीयताको जड मजबुत बनाउन कानुनी आधार तयार गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै, सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com