काठमाडौं । पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोर खोलामा झरेको पहिरोले बिहानैदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान साढे ४ बजे सडक माथिबाट खसेको पहिरोले सडक पुरिएको छ ।

पहिरो हटाउनका लागि स्काभेटरको सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिए । बन्द सडक खुलाउन दुई–तीन घण्टा लाग्न सक्ने डीएसपी न्यौपानेलेको भनाइ छ ।

advertisement

सडक अवरुद्ध भएसँगै गाडी र यात्रु दुवैतर्फ रोकिएका छन् । साना गाडी वैकल्पिक बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखा पानीबाट आउजाउ गरिरहेका छन् ।

 

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com