काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूलाई दिइएको सुरक्षा (पर्सनल सेक्युरिटी अफिसर–पिएसओ) एकैपटक फिर्ता लिइएको छ।

पिएसओ फिर्ता गरिएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्।

advertisement

प्रमुख सचेतक शाहीले आफ्नो सुरक्षा फिर्ता भएको पुष्टि गर्दै भने, “पिएसओ फिर्ता भएका छन्, तर मलाई यसमा कुनै आपत्ति छैन। तर, किन फिर्ता गरियो भन्नेचाहिँ जानकारी छैन।”

शाहीका अनुसार सांसद प्रधान र सिंहको पनि पिएसओ फिर्ता गरिएको हो। राप्रपाका एक अर्का सांसदले पनि पिएसओ फिर्ता गरिएको जानकारी दिएका छन्।

“हामीलाई दिइएको सुरक्षा हटाइएको छ,” ती सांसदले भने, “तर किन हटाइएको भन्नेबारे कुनै जानकारी दिइएको छैन।”

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक हुन् भने दीपक सिंह प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति सदस्य हुन्। ध्रुवबहादुर प्रधान पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) हुन्। उनीहरूलाई जिम्मेवारी र पृष्ठभूमिका कारण सुरक्षा दिइँदै आएको थियो।

तर हाल उनीहरूको सुरक्षा एकैचोटि फिर्ता गरिएको छ, जसबारे स्पष्ट कारण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com