काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले प्रवक्ता नवीन मानन्धरलाई सात दिनभित्र माफी माग्न दिएको समय आज सकिँदै छ। डेढ महिना अघि य‍ोहो टिभीलाई दिएको अन्तरवार्तामा बालेनको आलोचना गरेपछि मेयरले मानन्धरलाई लिखित माफी माग्न आग्रह गरेका थिए।

अन्तरवार्तामा मानन्धरले बालेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै, ‘मेयरले लिफ्ट बनाएको’, ‘उपमेयरलाई कार्यवाहक नदिएको’, ‘बालेनको अभिव्यक्तिमा द्वैधता रहेको’, र एक युवतीसँगको तस्बिर देखाउँदै उनको चरित्रमाथि प्रश्न उठाएका थिए।

advertisement

बालेनले यो अन्तरवार्ताले आफ्नो व्यक्तित्वमा आँच पुर्‍याएको भन्दै फौजदारी कारबाहीको चेतावनी पनि दिएका छन्। यद्यपि, उनले औपचारिक स्पष्टीकरण भने मागेका छैनन्।

तर प्रवक्ता मानन्धर माफी माग्न तयार छैनन्। उनले भने, “मैले केही गलत बोलेको छैन, म माफी माग्दिनँ।” फोटो त सम्बन्धित व्यक्तिले नै सार्वजनिक गरेको भन्दै फोटो देखाएकोमा आपत्ति हुनु अर्थहीन रहेको उनको भनाइ छ।

प्रवक्ताबाट हटाइने चर्चा बारे उनले कार्यपालिका बैठकबिना यस्तो निर्णय गर्न नमिल्ने बताए। साथै, बालेनले महानगरमा गरेका धेरै निर्णय गैरकानुनी भएको पनि उनले आरोप लगाए।

अब महानगरको कार्यपालिकामा यो विषयले तातो बहस निम्त्याउने देखिन्छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com