काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न नदिनु असंसदीय व्यवहार भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बर्तौलाले गृहमन्त्री संसद्मा प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन तयार रहँदा पनि बोल्न अवरोध गरिएकोमा आपत्ति जनाए।

advertisement

‘गृहमन्त्रीज्यू प्रतिपक्षी दलहरूले उठाएका विषयमा स्पष्ट जवाफ दिन तयार हुनुहुन्थ्यो,’ बर्तौलाले भने, ‘तर प्रतिपक्षले संसद्मा अवरोध सिर्जना गर्दै उहाँलाई रोक्ने काम ग¥यो, जुन असंसदीय व्यवहार हो। यो राजनीतिक होइन, संसदीय मर्यादासँग जोडिएको विषय हो।’

उनले संसद्मा सबै पक्षलाई आफ्ना कुरा राख्ने अधिकार हुने बताए। ‘प्रतिपक्षी सांसदहरू मात्र होइन, सत्तापक्षका पनि आफ्ना एजेन्डा र धारणा हुन्छन्,’ बर्तौलाले भने, ‘संसद्मा सबैले बोल्न पाउनु पर्छ। आफूलाई चित्त बुझेन भने त्यसको आलोचना गर्न सकिन्छ, तर अभिव्यक्तिमा अवरोध गर्नु लोकतान्त्रिक अभ्यासको विरुद्ध हो।’

बर्तौलाले संसद् चलाउन सबै दलले संयमता र मर्यादा पालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com