काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु सरकार असफल पार्ने योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको टिप्पणी गरेको छ।
पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार पत्रकारहरूसँग कुरा गर्दै लेखकमाथिको आरोप पुष्टि नहुदै राजीनामाको माग हुनु राजनीतिक उद्देश्यसहितको कदम भएको बताए।
“अख्तियारले गृहमन्त्रीका सचिवालयका कर्मचारीलाई किन बोलायो, के सोध्यो भन्ने पनि सार्वजनिक गरिएको छैन। न थुनामा राखिएको छ, न मुद्दा दायर गरिएको छ,” घिमिरेले भने, “यस्तो अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु सरकार असफल पार्ने षड्यन्त्रको कडी हो भन्ने हाम्रो निष्कर्ष हो।”
उनले प्रतिपक्ष दलहरू जनहितभन्दा पनि बहानाबाजीमा लागेको आरोप लगाउँदै, सरकारले बजेटपछि परिस्थिति अनुसार थप निर्णय लिने जानकारी दिए।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया