काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पार्दै, आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा नियोजित षड्यन्त्र र आरोपहरू लगाइएको आरोप लगाएका छन्।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोल्दै मन्त्री लेखकले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत आफूमाथि लगाइएका आरोपहरू आधारहीन र भ्रामक भएको दाबी गरे।
“भिजिट भिसा विषयलाई लिएर मेरो नाम जोडिँदै विभिन्न हल्ला फैलाइएको छ। ती सबै निराधार र पूर्ण रूपमा असत्य हुन्,” मन्त्री लेखकले भने, “यस घटनामा मेरो कुनै पनि संलग्नता छैन।”
उनले आफूलाई लक्षित गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको महसुस भएको बताए।
“मेरा विरुद्ध भएको आक्रमण नियोजित, षड्यन्त्रपूर्ण र राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। यस्तो प्रवृत्ति पछिल्लो समय बढ्दो छ र यो क्रम अझै जारी रहेको मैले देखिरहेको छु,” उनले भने।
गृहमन्त्री लेखकले सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै, अनावश्यक रूपमा बदनाम गर्न खोज्ने प्रयासहरूको खण्डन गरे।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया