एजेन्सी । गाजामा भोकमरीको स्थिति यति बिग्रिएको छ कि खान नपाएका मानिसहरूको भीडले सहायता केन्द्रहरूमा आक्रमण गरिरहेको छ । यस्तै एक आक्रमणको क्रममा भएको गोलीबारीमा एक जनाको मृत्यु भएको छ र ४८ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघका अधिकारीहरूले यो जानकारी दिएका हुन् । प्यालेस्टाइनमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रमुख अजित साङ्घेले जेनेभामा मिडियासँग कुरा गर्दै इजरायली सेनाले मानिसहरूको भीडमा गोली चलाएको आशंका व्यक्त गरे । आक्रमणमा धेरै मानिसहरू गम्भीर घाइते भएको बताइएको छ ।

advertisement

मंगलबार, प्यालेस्टिनी जनताको ठुलो भीड नयाँ सहायता वितरण केन्द्रमा भेला भयो । यो केन्द्र इजरायल र अमेरिका समर्थित संस्थाले स्थापना गरेका थिए । सहायता केन्द्र इजरायलले स्थापना गरेको थाहा पाएपछि मानिसहरू आक्रोशित भए र काँडेतार भाँचे । यति नै वेला त्यहाँ इजरायली ट्याङ्कहरू आए । ट्याङ्कहरू र इजरायली हेलिकप्टर दुवैले आक्रमण गरेको दाबी गरिएको छ । यसमा ठुलो संख्यामा मानिसहरू घाइते भएका छन् ।

गाजाको दक्षिणी सहर रफाह बाहिर रहेको सहायता केन्द्र गाजा मानवीय फाउन्डेसनले एक दिनअघि मात्रै खोलेको थियो । यो फाउन्डेसन इजरायलले सहायता कार्यको निरीक्षण गर्न गठन गरेको थियो ।

यद्यपि, संयुक्त राष्ट्र संघ र अन्य मानव अधिकार एजेन्सीहरूले यी नयाँ व्यवस्थाहरूलाई अस्वीकार गर्दै नयाँ प्रणालीले गाजाका २३ लाख मानिसहरूको आवश्यकता पूरा गर्न सक्षम नहुने बताएका छन् ।

इजरायलले खानालाई हतियारको रूपमा प्रयोग गर्न र गाजाको जनसंख्या नियन्त्रण गर्न चाहेको उनीहरूको आरोप छ । यसले इजरायली सैनिकहरू र गाजाका मानिसहरूबिच झडप निम्त्याउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय एजेन्सीहरूले दिएका छन् । इजरायलले नाकाबन्दी गरेपछि गाजामा भोकमरीको अवस्था छ । यस्तोमा गाजा अनिकालको संघारमा पुगेको छ

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com