काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने जनाएकोछ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरु तथा बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया