एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवार मारिएकोु दाबी गरेका छन्। मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्तिमध्ये एक तथा हमासका पूर्वनेता याह्या सिनवारका भाइ थिए।

दक्षिणी सहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरका क्षेत्रमा मोहम्मद सिनवारलाई लक्ष्य गरी ठूलो आक्रमण गरिएको थियो। आक्रमणमा हमासको भूमिगत पूर्वाधारु ध्वस्त भएको थियो।

advertisement

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो।त्यही क्रममा उनी मारिएको इजरायलका प्रधानमन्त्री नेतन्याहुको भनाइ छ। हमासले भने सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन।

याह्या सिनवारको हत्या भने इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमै गरेका थिए। उनलाई ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड मानिएको थियो।

६०० दिनअघि इजरायलमा हमासले गरेको आक्रमणमा लगभग १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबेलादेखि अहिलेसम्म गाजामा कम्तीमा ५४,०८४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com