काठमाडौं । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गर्दै जेठ १९ गते सुर्खेतमा प्रतियोगिता सुरु हुने जनाएको छ । प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
प्रतियोगिताका खेलहरु सुर्खेतका २ मैदानमा हुनेछ । प्रतियोगिता सुर्खेतको कालुञ्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा हुनेछ । सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी हुनेछन् । लिग चरणको खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया