काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले तरबार र ढाल सहित सांस्कृतिक र्याली निकालेर उत्सवमय रुपमा दिवस मनाएका छन्।
गणतन्त्र दिवसको विशेष अवसरमा राजधानी काठमाडौंमा एमालेले आयोजना गरेको र्यालीमा सहभागिहरू परम्परागत पहिरन, तरबार र ढाल सहित देखिएका थिए। र्यालीको अगुवाइ पार्टीका सचिव लेखराज भट्ट लगायत शीर्ष नेताहरूले गरेका थिए। सहभागीहरूले “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारासमेत लगाए।
सांस्कृतिक झाँकीसहितको र्याली काठमाडौंका विभिन्न स्थानबाट सुरु भई भृकुटीमण्डपमा जम्मा भएको थियो। त्यसपछि भृकुटीमण्डपबाट भद्रकाली, शहीद गेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आइपुगेपछि कोण सभामा परिणत भएको हो।
कोण सभामा नेकपा एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले गणतन्त्र दिवसलाई जनस्तरमा उत्सवको रुपमा मनाउन देशव्यापी अभियान नै सञ्चालन गरेको जनाएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया