काठमाडौं । किसान सूचीकरण प्रणाली सञ्चालनमा आएसँगै नेपालमा हालसम्म २० लाखभन्दा बढी कृषक घरधुरी सूचीकृत भएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ अनुसार किसानहरूको औपचारिक सूचीकरणको काम तीव्र रुपमा अगाडि बढिरहेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार फागुन मसान्तसम्ममा २० लाख ४९ हजारभन्दा बढी कृषक परिवार सूचीमा सूचीकृत भइसकेका छन्। सर्वेक्षणले देशभरका ५६ वटा स्थानीय तहमा कृषक घरधुरी सूचीकरणको कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको उल्लेख गरेको छ।
यस प्रणालीले कृषकहरूलाई विभिन्न सरकारी सेवा, सुविधा तथा कार्यक्रमहरूको पहुँचमा ल्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया