काठमाडौँ । सरकारले काठमाडौँ–हेटौँडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘बन्द रहेको काठमाडौँ–हेटौँडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्न आवश्यक बजेट छुट्याएको छु ,’ उनले भने,‘ पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनका लागि प्रोत्साहन गरिने छ ।’
शहरी क्षेत्रमा सिमेन्ट छडसहितको कालोपत्रे ढलान गरिने र यसबाट स्वदेशी वस्तुको खपत हुने र टिकाउ पूर्वाधार निर्माण हुने विश्वास गरेको बताए ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया