काठमाडौं । राजावादी समूह र राप्रपाले आयोजना गरेको जेठ १५ गतेको शान्तिपूर्ण प्रदर्शनका क्रममा हराएको सुनको सिक्री फेला परेको छ।
प्रदर्शनमा सहभागी कृष्ण केसीले सिक्री भेटेपछि त्यसलाई स्टेजमा जिम्मा लगाएका थिए। आयोजकले त्यसपछि वास्तविक धनी गोपाल बास्ताकोटीलाई सिक्री हस्तान्तरण गरेका हुन्।
सिक्री फेला परेपछि आयोजक पक्षबाट कृष्ण केसीलाई ५ हजार रुपैयाँ र बास्ताकोटीको तर्फबाट थप १ हजार रुपैयाँ, जम्मा ६ हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ।
सिक्री फिर्ता पाएपछि बास्ताकोटीले भने, “यो बुढीले दिएको उपहार थियो, फिर्ता पाउँदा निकै खुशी लागेको छ।”
यस दिनको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ। यस्तै, भोलि अर्थात् जेठ १६ गते पनि राजावादी समूहले दिउँसो १२ बजे विभिन्न स्थानबाट जुलुस निकालेर १ बजे माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको जनाइएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया