काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको उनले बताए ।

advertisement

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।

फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

पूर्वी नवलपरासी अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार रातिको बाढीले वैकल्पिक सडक बगाइदिएको छ ।

लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको भुसालले जानकारी दिए । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।

त्यसैगरि महेन्द्र राजमार्ग अन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षात भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com