काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जाउलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जाउलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइन्छ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जाउलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया