काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य तथा आगामी कार्यतालिका तय गर्नका लागि प्रमुख सचेतकहरूलाई छलफलमा डाकेका छन्।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार शुक्रबार बिहान ११ बजेका लागि प्रमुख सचेतक र मुख्य सचेतकहरूलाई छलफलका लागि बोलाइएको हो। छलफलमा संसद अवरुद्ध हटाउने उपाय, बजेटमाथिको छलफलका लागि समय निर्धारण, र आगामी बैठकहरूको कार्यतालिका तय गर्ने विषयमा कुराकानी हुने जनाइएको छ।
हालसालै भिजिट भिसासम्बन्धी प्रकरणका कारण प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।
यस्तै, सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत आह्वान गरेका छन्, जसमा पनि संसदको अवरुद्ध समाधान गर्ने र कार्यसूचीको सहमति जुटाउने प्रयास हुनेछ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया