काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद सञ्चालन हुन नदिने निर्णय गरेको छ।

शुक्रबार बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले जिम्मेवारी नछोडेसम्म संसदको गतिरोध यथावत् राख्ने निष्कर्ष निकालेको हो।

advertisement

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकको संलग्नता रहेको भिजिट भिसा प्रकरणको जिम्मेवारी लिनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनु पर्नेमा पार्टी अडिग रहेको बताए।

विपक्षी दलहरू लामो समयदेखि गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएका छन्। तर सत्ता पक्ष भने गृहमन्त्री लेखकमाथि लागेको आरोप निराधार भएको भन्दै न राजीनामाको आवश्यकता देखेको छ, न त आयोग गठनको तयारी गरेको।

गृहमन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा कुनै पनि रूपमा संलग्न नरहेको दाबी गर्दै आएका छन्। उनले आफूविरुद्ध उठाइएका आरोपहरू राजनीतिक प्रेरणाले प्रेरित भएको बताएका छन्।

यो विषयलाई लिएर सत्ता–विपक्षबीच तीव्र मतभेद देखिएको छ, जसको प्रभाव प्रत्यक्ष रूपमा संसदको गतिविधिमा परेको छ। संसद कहिले सञ्चालनमा आउँछ भन्ने अझै अन्योलमै छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com