काठमाडौँ । प्रतिनिधिसभाको बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्मको अवधिमा १९ दिन सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठमा १० दिन र असारमा ९ दिन बैठक बस्ने गरी कार्यतालिका अनुमोदन गरेको हो।
स्वीकृत कार्यतालिका अनुसार जेठ महिनामा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक सञ्चालन हुनेछ। त्यस्तै, असार महिनामा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक हुने तय गरिएको छ।
यस कार्यतालिका अनुसार चालु अधिवेशनमा महत्वपूर्ण विधेयकहरूमा छलफल तथा निर्णय प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया