काठमाडौँ । नेपाली कांग्रेसभित्र इतर समूहका नेताहरू डा. शेखर कोइराला र महामन्त्री गगन थापा ११ महिनापछि भेटघाटमा जुटेका छन्।

शुक्रबार बिहान डा. कोइरालाको बालुवाटारस्थित निजी सचिवालयमा दुबै नेताबीच कुराकानी भएको हो। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएअनुसार लामो समयपछि दुई नेताबीच प्रत्यक्ष संवाद भएको हो।

advertisement

यसअघि उनीहरूबीच गएको असार ३० गते मन्त्री नियुक्तिको सन्दर्भमा छलफल भएको थियो। त्यसयता कुनै औपचारिक भेटघाट नभएको बताइएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्रीका उम्मेदवार रहेका कोइराला र थापाबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा हुँदै आएको थियो। तर, पछिल्लो भेटवार्ताले सम्बन्ध सुधारतर्फ संकेत गरेको देखिएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com