काठमाडौं । राजसंस्थाको समर्थनमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ क्रमशः राजधानीका संवेदनशील क्षेत्रतर्फ अग्रसर हुँदै गएको छ। यही सिलसिलामा आन्दोलनकारीहरूले भोलि नारायणहिटी दरबारअगाडि प्रदर्शन गर्ने तयारी गरेका छन्।

पहिलो दिन रत्नपार्कमा केन्द्रीत आन्दोलन आज दोस्रो दिन माइतीघरमा स्थानान्तरण भएको छ। भोलि भने नारायणहिटी दरबारको प्रवेशद्वारमै प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार आन्दोलन शान्तिपूर्ण नै हुनेछ।

advertisement

‘हामी हिंसात्मक रणनीतिमा विश्वास गर्दैनौं। अहिलेको उद्देश्य शान्तिपूर्ण दबाब सिर्जना गर्नु हो,’ श्रेष्ठले भने, ‘सरकारबाट पनि संयमित व्यवहारको अपेक्षा गरेका छौं।’

नारायणहिटी दरबारभित्र पसेर प्रदर्शन गर्ने योजना छ कि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै योजना छैन। हामी संवाद र समझदारीमार्फत् राजसंस्था पुनःस्थापनाको मागलाई अगाडि बढाउने प्रयासमा छौं। तर सरकार निरन्तर बेवास्ता गरिरहेमा हामी बाध्य भएर कठोर निर्णयमा जान सक्नेछौं।’

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com