काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका डिआईजी ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेको छ। बढुवा समितिको सिफारिसका आधारमा गत जेठ १३ गते गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले रानासहित ११ जना प्रहरी अधिकृतलाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
बढुवा निर्णयपछि गृह मन्त्रालयले डिआईजी रानालाई अख्तियारमा खटाउने निर्णय गरेको हो। उनीसँगै हालसम्म सो पदमा कार्यरत रहेका डिआईजी हिमालय कुमार श्रेष्ठलाई सरुवा गर्दै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरुवा र पदस्थापनको निर्णयअनुसार राना अब अख्तियारमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् भने श्रेष्ठ उपत्यकाको सुरक्षाको जिम्मेवारीमा रहनेछन्।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया