काठमाडौं । नेपाल प्रहरीको उच्च तहमा शुक्रबार देखिएको सरूवा नाटकमय शैलीमा उल्टिएपछि संगठनभित्रको पारदर्शिता, अख्तियारको स्वायत्तता र राजनीतिक चलखेलमाथि गम्भीर प्रश्न उठेको छ।

शुक्रबार दिउँसो साढे ३ बजे प्रहरीको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत तीनवटा अलग-अलग सरूवा सूची सार्वजनिक भए। दोस्रो सूची सबैभन्दा संवेदनशील थियो — जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डिआइजी हिमालयकुमार श्रेष्ठलाई अचानक काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा गरिएको सूचना थियो। त्यस विषयमा ग्लोबल नागरिकले भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिन र त्यसमा गृहमन्त्री रमेश लेखको समेत नाम मुछिएको अवस्थामा गृहमन्त्रीको निर्देशनमा भएको अख्तियारका प्रहरी प्रमुखको अस्वभाविक सरुवाले ठूलो चलेखेल भएको समाचार बाहिरिएको थियो भने अन्य केही संचारमाध्यमले समेत यस विषयमा समाचार प्रकाशन गरेका थिए।

advertisement

त्यसपस्चात, उक्त सूची केही घन्टामै हटाइयो। श्रेष्ठको सरूवा निर्णय उल्ट्याइनुले प्रहरी संगठनभित्र शक्तिकेन्द्र र चलखेलको गन्ध झन् प्रस्ट बनाएको छ।

यसअघि पहिलो सूचीमा एआइजी सिद्धिबिक्रम शाहलाई नक्सालस्थित कार्य विभागमा पदस्थापन गरिएको थियो। तेस्रो सूचीमा ११ जना एसएसपीहरूलाई डिआइजीमा बढुवा गर्दै नयाँ जिम्मेवारी दिइएको थियो, जसमा एसएसपी हुँदा अख्तियारमै कार्यरत ओमबहादुर रानालाई डिआइजी बनाएर पुनः त्यहीँ पठाइएको उल्लेख गरिएको थियो। तर, हाल प्रहरीको फेसबुक पेजबाट सरूवा र पदस्थापनको सूची हटाइएको छ।

हिमालय श्रेष्ठ मंसिर २७ गते डिआइजीमा बढुवा भई अख्तियारमा पदस्थापन भएका थिए।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com