काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको छ। गएराति इलिमिनेटरमा गुजरात टाइटन्सनलाई २० रनले पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँगको भेट पक्का गरेको हो।

२२९ रनको लक्ष्य पछ्याएको गुजरातले ६ विकेट गुमाएर २०८ रनमात्रै बनाउन सक्यो। गुजरातका लागि ओपनर साइ सुदर्शनले ८१ रन हाने। उनले ४९ बलमा १० चौका र १ छक्का हाने। अर्का ओपनर शुभमन गिल १ रनमै आउट भएका थिए।

advertisement

वाशिङ्टन सुन्दरले २४ बलमा ५ चौका र ३ छक्का हानेर ४८ रन जोडे। कुशल मेन्डिसले १० बलमा २० रन हाने। शर्फेन रथरफोर्डले १५ बलमा २४ रन बनाएका थिए। बलिङतर्फ ट्रेन्ट बोल्टले २ तथा जशप्रित बुमराह, रिचार्ड ग्लिसन, मिचेल सान्टनर र अश्वानी कुमारले एकरएक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो। त्यस क्रममा ओपनर रोहित शर्माले ५० बल खेलेर ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन बनाए।

अर्का ओपनर जोनी बैरस्टोले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए। सूर्यकुमार यादवले ३३ र तिलक वर्माले २२ रन जोडे। बलिङतर्फ प्रसिद कृष्ण र साइ किशोरले २र२ तथा मोहम्मद सिराजले एक विकेट लिए।

मुम्बईले अब फाइनल पुग्नका लागि भोलि पञ्जाबसँग खेल्नेछ। पञ्जाब यसअघि रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो। पञ्जाब र मुम्बईबीचको विजेताले उपाधिका लागि बेंग्लुरूसँग खेल्नेछ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com