काठमाडौं । नेपाली संसदका विपक्षी दलका प्रमुख नेता नारायणकाजी श्रेष्ठले जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासद्वारा अफताव आलम र अन्य व्यक्तिहरूलाई जिउँदो मानिस जलाउने अभियोगमा जन्मकैदको सजायबाट सफाइ दिइ रिहा गर्ने निर्णयको कडा आलोचना गरेका छन्। उनले उक्त निर्णयलाई नेपालको न्यायिक इतिहासमा कलंकू भन्दै यसलाई मुलुकको न्यायिक प्रणालीको कालो दिनको रूपमा चिनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले भने, यो निर्णयले जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई निर्दोषको रूपमा देखाउँदै समाजमा र नागरिकमा डर र अशान्ति फैलाउनेछ। उनले न्यायाधीशहरूको कार्यलाई कालो दिनको बहादुरी भन्दै ती न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै माफ नगर्ने चेतावनी समेत बताएका छन् ।

advertisement

अपराधीहरूलाई मुक्त गर्नाले न्यायिक प्रणालीप्रति जनताको विश्वास कमजोर पार्ने तथा परिणामस्वरूप समाजमा डर र अराजकता फैलिने उनको भनाइ छ । न्यायिक प्रणालीको सुधार र परिवर्तनको लागि व्यापक जन अभियानको आवश्यकता रहेको श्रेष्ठले बताए । ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com