काठमाडौं । भारी वर्षाका कारण अबरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा खण्ड एकतर्फी खुलेपनि भेडेटार रवि राँके सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
सनिवारको परेको भारि वर्षाले भेडेटार रवि राँके सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका ५ डाँडाबजार, लुम्फाजुङ, कुहिभिर र ढाडे डाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक चौबिस घण्टादेखिअवरुद्ध बनेको हो ।
सडकखण्डमा भएको अवरोध पन्छाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले जानकारी दिए । सनिवार दिनभर लुम्फाजुङ र कुहिभिरमा पहिरो खसिरहेका कारण पहिरो पन्छाउने कार्य रोकिएको थियो ।
उक्त सडक खण्ड अवरुद्ध हुँदा त्यहाँ चल्ने सवारी तथा ढुवानी साधन ठप्प छ। भेडेटारबाट राजारानी, ६ नम्बर बुधबारे तथा पाँचथर लगायतका क्षेत्रमा जाने आउने सयौं सवारी साधनहरु रोकिएका छन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया