काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत पूर्वमन्त्री आलमको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।

advertisement

अस्पतालका अनुसार पूर्वमन्त्री आलम जेठ १६ गते बोली अस्पष्ट र शरिरको एक भाग कमजोर भएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । जाँज गर्दा मस्तिष्क घात भएकाले तुरून्तै औषधीको माध्यमबाट उपचार गरी सघन उपचार कक्ष आईसियु मा भर्ना गरिएको थियो ।

सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार चाहिने अस्पताल प्रशासनको भनाइ छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com