काठमाडौं । चार दिनअघि दुम्किबासको विनयी खोलको डाइभर्सन सडक बगाएपछि एकतर्फी सञ्चालन भइरहेको यातायात आइतबार बिहानदेखि दुईतर्फी नै आउजाउ सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुईतर्फी गाडी आउजाउ सुरु भएपछि दाउन्नेमा गत २२ घन्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ छुटेका छन् । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका गाडी दुम्किबासको विनयी खोलाको डाइभर्सनमा एकतर्फी यातायात सञ्चालन हुँदा पालो पर्खेका सयौं गाडी दाउनन्ने र दुम्किबासमा अलपत्र थिए । शनिबार दिउँसो दाउन्नेदेखि चोरमारा नजिकसम्मको १७ किलोमिटरसम्म जाम थियो ।

advertisement

गत बुधबार राति बगाएको डाइभर्सन निर्माण गरेर आज आइतबार बिहानदेखि दुईतर्फ नै यातयात सुचारु भएको हो ।

सडक बिस्तारको क्रममा रहेको दाउन्नेको १४ किलोमिटर सडक खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले त्यहाँ कछुवा गतिमा काम गर्दा यस्तो समस्या भइरहेको हो ।

 

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com