काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया