काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले धनको आडमा भाडाका मानिसहरू झिकाएर जनतालाई भड्काउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीहरू निरंकुश बन्दै आफूहरूलाई लक्षित गरी आक्रामक गतिविधि गर्न थालेको जनाए। उनले माओवादी कार्यकर्ता र समर्थकहरूलाई सतर्क रहनुका साथै आवश्यक परे कडा प्रतिवाद गर्न तयार रहन निर्देशन दिए।
“हामी आफैं गएर उनीहरूको आन्दोलनमा आक्रमण गर्ने होइन,” उनले भने, “तर उनीहरू अत्यधिक उच्छृंखल बनेका छन्। यदि उनीहरूले हामीमाथि आक्रमण गर्छन् भने, इँटको जवाफ पत्थरले दिन तयार रहनुपर्छ। हामीलाई त्यसको लागि तयारी गर्नैपर्छ।”
उनले लोकतन्त्रको नाममा राजावादी शक्तिहरूले पुनःसक्रिय भएर संविधान र गणतन्त्रमाथि हमला गर्न खोजिरहेको भन्दै त्यसविरुद्ध सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया