काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको “काठमाडौं कब्जा” घोषणाप्रति तीव्र आलोचना गरेका छन्। गणतन्त्र दिवसकै अवसर पारेर यस्तो अभिव्यक्ति दिनु लाजमर्दो भएको टिप्पणी उनले गरेका हुन्।

काठमाडौंमा आयोजित वाईसीएल (यंग कम्युनिस्ट लिग) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमालेको राजनीतिमा निरन्तर बेज्जत भइरहेकाले राजतन्त्रको प्रतिवाद गर्ने नैतिक शक्ति अहिले माओवादीबाहेक अन्य कुनै पार्टी वा वर्तमान सरकारमा नरहेको दाबी गरे।

advertisement

उनले भने, “चैत १५ गते तीनकुनेमा मण्डले प्रवृत्तिले देखाएको हत्या, हिंसा, लुटपाट र आगजनीको प्रतिवाद हामीले गर्‍यौं। अन्यले मौन समर्थन गरे। अहिलेको सरकारले त यस्ता घटना रोक्ने हैसियत नै राख्दैन। इच्छाशक्ति छैन, केवल खोक्रो गफ छ।”

उनले थपे, “हामीले गफ नगरी एक लाख मानिस सडकमा उतारेर देखायौं। तर, यिनीहरूले भने गणतन्त्र दिवसकै दिन काठमाडौं कब्जा गर्ने कुरा गरेर आफ्नै स्तर देखाए। यस्तो घोषणा त लाजमर्दो हो। आज देश-विदेशमा एमालेको राजनीतिक साख कहाँ पुगेको छ, सबैलाई थाहा छ।”

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com