काठमाडौं । पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर, भद्रकाली पुगेका राप्रपा नेता तथा संघीय सांसद दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आईतबार दिउँसो थापालाई भेट्न पुगेका सिंहलाई परिसरमै प्रहरीले पक्राउ गरेको हो। घटनाबारे पुष्टि गर्दै काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले सिंहलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
यसअघि राजसंस्था पुनःस्थापनाको मागसहित चौथो दिनसम्म चलिरहेको आन्दोलनको क्रममा नारायणचौरमा आयोजित प्रदर्शनबाट कमल थापा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया