काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शनरत राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्द गरिने जनाएका हुन्। विज्ञप्तिमा सरकारले शान्तिपूर्ण आन्दोलनमा दमनकारी कदम चालेको आरोप लगाइएको छ।
“सरकारको निरन्तर बर्बर दमनको विरुद्धमा अब हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं,” सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “यसै क्रममा हामीले जेठ १९ गते काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छौं।”

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया