काठमाडौं । राजसंस्थाको समर्थनमा भइरहेका आन्दोलनहरू दिनानुदिन चर्कँदै गएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै काठमाडौंमा तीन स्थान बाहेक अन्यत्र निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले सिफल चौर, कोटेश्वर आकाशेपुलदेखि दक्षिणतर्फ बालकुमारीसम्मको क्षेत्र, र बल्खु क्षेत्र बाहेक अन्यत्र निषेधित क्षेत्रको रूपमा तोक्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, यी स्थानहरूमा लागू गरिएको निषेधाज्ञा अधिकतम दुई महिनासम्म कायम रहनेछ। प्रशासनले जनसुरक्षा र शान्ति सुरक्षाको दृष्टिकोणले यस्तो कदम चालिएको बताएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार











प्रतिक्रिया