काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ ।

सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुने छ ।

advertisement

पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।  साथै, पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्चले अदालतले पनि उच्चकै थुनामा पठाउने निर्णय सदर गरेपछि सरकारसँग थप असन्तुष्ट बनेको छ । यसलाई रास्वपाले राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठक पनि बस्दैछ । यसअघि बजेट भाषण भइसकेकोले त्यसमाथि छलफल सुरु हुनेछ । यिनै विषयमा पनि बैठकमा प्रवेश पाउनेछन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com