काठमाडौं । मनसुनी प्रणाली अबको केही दिन कोशी प्रदेशबाट अघि नबढ्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । एक हप्तासम्म वर्षा कम र गर्मी धेरै हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

advertisement

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशबाट मनुसन भित्रिएको थियो । मनसुनको शुरुवातमै कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युत लगायतका संरचनामा क्षति पुगेको थियो ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com