एजेन्सी । भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको ज्यान गएको छ ।

बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र तल्लो तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन मुख्यमन्त्री हिमन्त विश्व शर्माले आग्रह गरेका छन् । ।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् ।

यस्तै गएको शुक्रवारदेखि परेको पानीले सिक्किमका धेरै भाग जलमग्न हुँदा जनजीवन प्रभावित भएका छन् । उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर एक हजार ५ सयभन्दा धेरै पर्यटक फसेका छन् ।

राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा पनि जल सतह बढेको छ ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com