एजेन्सी । युक्रेनले रुसी एयरबसहरूलाई निशाना बनाएर व्यापक ड्रोन हमला गरेको छ । जुन १ मा युक्रेनले रुस भित्र ४००० किलोमिटर भित्र प्रवेश गरेर आक्रमण गरेको थियो । यी आक्रमणहरूमा रुसका ५ प्रमुख एयरबेस, बेलाया, डायगिलेभो, इभानोभो, ओलेन्या र अन्य ध्वस्त पारिएको दाबी युक्रेनले गरेको छ ।
आफूले गरेको मिसाइल आक्रमणमा रुसका ४१ वटा लामो दूरीका बमवर्षकहरू नष्ट भएको युक्रेनको गोप्य एजेन्सी एसबीयूले भनेको छ । यी विमानहरूको जलिरहेका तस्बिर मिडियामा देखाइएको छ ।  यो आक्रमण रुसको सैन्य स्रोतहरूलाई कमजोर पार्न अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण थियो ।
युक्रेनले यो अपरेसनलाई स्पाइडरवेब नाम दिएको छ । यस आक्रमणका कारण रुसले ७ अर्ब डलरको ठुलो क्षति बेहोरेको अनुमान एसबीयूले गरेको छ । रुसले युक्रेनको यो कार्यलाई अभूतपूर्व उत्तेजना भनेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यसको जवाफ दिने सङ्केत रुसले दिएको छ ।

सोमबार इस्तानबुलमा प्रस्तावित शान्ति वार्ताको ठिक अघि यो हमला भएको हो । यसले वार्तालाई अझ जटिल बनाएको छ । साढे तीन वर्षदेखि चलिरहेको यो युद्धको गतिरोध तोड्न, युक्रेनले आइतबार उच्च सैन्य जोखिमपूर्ण कदम चाल्यो ।

advertisement

युक्रेनले पहिले पनि यसको प्रयास गरेको थियो, तर सफल भएको  थिएन । पछिल्लो आक्रमणमा रुसले कस्तो प्रतिक्रिया जनाउँछ हेर्न बाँकी छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com