काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ भन्ने अभियान सुरु गरेपछि एमालेभित्रका शीर्ष नेताहरू पनि क्रमशः त्यस अभियानमा सहभागी भएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो फोटोसहित ‘म झोले हो’ भन्ने सन्देश सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूले पनि उस्तै शैलीमा ‘झोले’ अभियानमा साथ दिएका छन्।

advertisement

उक्त तस्बिरमा लेखिएको छ: ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशको परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा सम्मानजनक र सार्थक हो।’

प्रधानमन्त्री ओलीले उक्त तस्बिरसहित लेखेको स्टाटसमा उल्लेख गरिएको छ,
‘हिजोआज कसैलाई भगवानको दर्जा दिनुपर्ने अवस्थामा, सामूहिक विचार र संगठनमा विश्वास गर्नेहरूलाई झोले भनेर खिसीट्युरी गरिन्छ र समाजलाई भीडमा परिणत गरिन्छ।’

उनले अगाडि लेखेका छन्, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा “झोले” भन्दै व्यंग्य गरिएको आधारमा हामी सत्यको पक्ष त्याग्न मिल्दैन। सामूहिक र लक्षित आक्रमणबीच पनि प्रत्येक व्यक्तिले आफ्नो निजत्व जोगाउन आवश्यक छ।’

प्रधानमन्त्रीको यो सन्देशसँगै एमाले नेताहरूले ‘झोले’ शब्दलाई नकारात्मक व्याख्याको सट्टा राजनीतिक चेतना र समर्पणको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com