काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष राजेन्द्र वीर रायलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बाँके जिल्ला अदालतले रायलाई सात दिन म्याद थप गरी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिएका छन ।
सीआईबीको टोलीले रायलाई जेठ १७ गते भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनलाई बैंकको करिब २६० करोड रुपैयाँ हिनामिनामा संलग्न देखिएको आधारमा पक्राउ गरिएको हो।
अनुसन्धानका लागि सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापासहितको टोलीलाई बाँके पठाइएको छ। अनुसन्धान सम्पन्न भएपछि बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिने एसपी खड्काले बताए।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया