काठमाडौं । तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था र संसदको गतिरोध अन्त्यका विषयमा आज (सोमबार) महत्वपूर्ण छलफल हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि तय गरिएको उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

advertisement

बैठकमा संसदमा जारी अवरोध हटाउने उपायहरूबारे गम्भीर छलफल हुने र राष्ट्रिय महत्वका अन्य मुद्दाहरूमा समेत सहमति खोज्ने प्रयास गरिने सचिवालयले जनाएको छ।

संसद सञ्चालनमा देखिएको अवरोध तथा समग्र राजनीतिक वातावरणलाई सहज बनाउने उद्देश्यले आयोजना गरिएको यो छलफललाई राजनीतिक दृष्टिले निकै अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com