काठमाडौं — राजसंस्था पुनःस्थापना र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणाको मागसहित संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ।

नवराज सुवेदीको नेतृत्वमा रहेको समितिले आन्दोलन भोलि दिउँसो २ बजेबाट सुरु हुने जानकारी दिएको छ। समितिले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १५ देखि सुरु भएको आन्दोलनलाई सोमबारका लागि स्थगन गरी मंगलबार पुनः सुरु गरिने उल्लेख गरेको हो।

advertisement

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिफल, बल्खु र कोटेश्वरबाहेक अन्य स्थानहरूमा विरोध प्रदर्शन गर्न निषेधाज्ञा जारी गरेको थियो।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com