एजेन्सी । संयुक्त राष्ट्र संघले गाजा क्षेत्रमा राहत सामग्री बाँडिरहेको ठाउँमा भएको आक्रमणबाट प्यालेस्टिनी मारिएको घटनाको जाँच गर्न अपिल गरेको छ ।

गत आइतबार गाजा क्षेत्रमा राहत वितरण भइरहेको ठाउँमा इजरायलको तर्फबाट गोली चलेको थियो । रेडक्रसका अनुसार आक्रमणमा १७९ जना परेको सूचना अस्पतालका विवरणहरुले दिएका छन् । तीमध्ये ३१ जनाको मृत्यु भएको हमासले सन्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । केही मिडिया रिपोर्टहरुमा पनि कम्तिमा २१ जनाको मृत्यु भएको विवरणहरु छन् ।

advertisement

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो घटनामा दुःख व्यक्त गर्दै घटनाको जाँच गर्न भनेको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार इजरायल र अमेरिकाबाट समर्थन प्राप्त गाजा ह्युमनेटेरियन फाउन्डेसनको तर्फबाट राहत सामग्री वितरण भइरहेको। स्थानमा गोली चलेको थियो ।

 

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com