काठमाडौं  ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई मुख्य मुद्दा बनाएको प्रतिपक्षी दलहरूको बैठक हाल संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ।

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ।

advertisement

आजको बैठकमा राप्रपालाई सहभागी गराइएको छैन। प्रतिनिधिसभाको बैठक सुरु हुनु अघि थप रणनीति तय गर्न विपक्षी दलहरूबीच समन्वय भएको हो।

हिजो गृहमन्त्री प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए। तर, प्रचण्डले आफ्नो अडान यथावत् राखेका थिए।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, संसदीय उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एस) बाट राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्र राय यादव लगायत सहभागी छन्।

संसद्को पाँचौं ठूलो दल राप्रपालाई भने बैठकमा बोलाइएको छैन। संविधान र गणतन्त्रको पक्षमा उभिएको प्रतिपक्षी दलहरूको समुहमा राप्रपाको राजावादी धारणा र सडक आन्दोलनका कारण उनीहरूलाई बैठकबाहिर राखिएको प्रचण्ड सचिवालयले स्पष्ट पारेको छ।

यद्यपि, राप्रपाले पनि गृहमन्त्रीको राजीनामाको मागमा समर्थन जनाउँदै आएको छ। तथापि, उनको राजतन्त्र पुनःस्थापनाको एजेण्डाले उनलाई विपक्षी गठबन्धनबाट टाढा राखिएको बुझिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com