काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधिसभाको बैठकमा बोल्न दिने विषयमा विपक्षी दलहरू सकारात्मक देखिएका छन्।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक सुरु हुन नसकेपछि सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। छलफलपछि गृहमन्त्रीलाई संसद्मा आफ्नो धारणा राख्न दिन विपक्षी दलहरू सहमत भएको जनाइएको छ।

advertisement

यसअघि माओवादी केन्द्र, रास्वपालगायतका विपक्षी दलहरूले गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा संलग्न भएको भन्दै उनको राजीनामाको माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएका थिए। तर, पछिल्लो सहमतिपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ।

अब संसद्मा गृहमन्त्री लेखकलगायत सम्बन्धित पक्षहरूलाई आफ्नो पक्ष राख्न अवसर दिइनेछ भने भिजिट भिसासम्बन्धी विवादमा थप छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com